१० पुष २०८१, बुधबार

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची : पेट्रोलको घट्याे, डिजेलकाे बढ्याे


काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले पठाएकाे नयाँ मूल्यसूचीमा डिजेलको मूल्य बढेकाे छ भने पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

ताजा समाचार