९ पुष २०८१, मंगलवार

सर्वोच्चले खाइदियो कोशीका मुख्यमन्त्रीको पद, अब कसको पालो ?


सर्वोच्च अदालतले कोशीमा सभामुखको सहभागितामा गठन भएको सरकारलाई असंवैधानिक ठहर गरेलगत्तै मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको छ ।

थापाको नियुक्ति जुन प्रक्रियाबाट थालिएको थियो सोही प्रक्रियाबमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने अदालतले बाटो खोलेको छ ।
तर, सभामुखबाहेककै बहुमत देखाउन नसकेपछि धारा १६८ को ३ उपधाराबमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।

ताजा समाचार