४ पुष २०८१, बिहीबार

राष्ट्र बैंकले जारी गर्यो पछिल्लो ८ महिनाको वित्तीय स्थिति [पूर्णपाठसहित]


नेपाल राष्ट्र बैंकले अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जनाएको हो ।

नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत माथि रहेको, खुद तरलता अनुपात २३ प्रतिशत माथि रहेको, खराब ऋण अनुपात २.६३ प्रतिशत मात्र रहेकोको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि अहिले सुधार भइसकेको उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता सुधार हुँदै गएको भन्दै बजारले नै ब्याजदर निर्धारण गर्ने बताए ।

यहाँ क्लिक गरी पूर्णपाठ हेर्नुहोस् 

 

 

ताजा समाचार