२६ पुष २०८१, शुक्रबार

थप तीन ब्रोकर कम्पनीले पाए नेप्सेमा सदस्यता


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरि १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो ।

नेप्सेले असार २१ र साउन १२ मा ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो ।

तेस्रो चरणमा तीन ब्रोकर कम्पनी मेगा स्टक मार्केट लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेडलाई साउन १९ मा सदस्यता दिएको नेप्सेका सहायक प्रवक्ता गिरिराज दाहालले जानकारी दिए ।

उनका अनुसार मेगा स्टक मार्केटलाई ७५, माछापुच्छ्रेलाई ७६ र नबिललाई ७७ नम्बरको सदस्यता दिइएको छ ।

यी कम्पनीले साउन १२ मा सदस्यता पाएका सात कम्पनीसँगै नेप्सेमा आवेदन दिएका थिए ।

नेप्सेले आवश्यक कागजात नपुगेकाले त्यतिबेला यी कम्पनीले सदस्यता नपाएको बताएको छ । सँगै आवेदन दिएका सात कम्पनीले सदस्यता पाएको एक सातापछि यी तीन कम्पनीले सदस्यता पाएका हुन् ।

सदस्यता पाएका मध्ये मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ । माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सीमित कार्य गर्नेछ भने नबिल सेक्युरिटिजले तेस्रो तहको धितोपत्र व्यापारीको काम गर्नेछ ।

नबिल १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी छ भने मेगाको ६० करोड र माछापुच्छ्रेको २३ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।

ताजा समाचार