८ पुष २०८१, सोमबार

सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ स्मार्टफोन नेपाली बजारमा


काठमार्डौं– सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फ्लिप फाइभ र ग्यालेक्सी जेड फोल्ड फाइभ भित्र्याएको छ । यसअघि नै प्रि–बुकिङ खुला गरेको कम्पनीले आइतबार औपचारिक रूपमा यी दुई फोन नेपालमा सार्वजनिक गरेको हो । सामसङले विगत चार वर्षदेखि आफ्नो फोल्ड र फ्लिप सिरिजका स्मार्टफोन उपलब्ध गराउँदै आएकोमा यी दुई पाँचौ पुस्ताको ग्यालेक्सी फोल्डबल र फ्लिप फोन हुन् ।

यस फोनमा स्न्यापड्रागन एट जेन टु प्रोसेसर र ३७०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ६.७ इन्च फुल एचडी डिस्प्ले भएको फोनको रिफ्रेस रेट १२० हर्ज रहेको छ, जुन डाइनामिक एमोलेड डिस्प्ले हो । यसमा १२ मेगाोपिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको वाइड क्यामेरा छ । सेल्फीका लागि १० मेगापिक्सेलको क्यामेरा छ ।

फोनमा ३.४ इन्चको बाहिरी स्क्रिन छ । उक्त स्क्रिनबाट फोनलाई फ्लिप नगरी बाहिरबाटै क्विक सेटिङ प्रयोग गर्न सकिन्छ । उक्त स्क्रिनबाटै फोटो वा भिडिओ खिच्न, फोटोहरू हेर्न, वेब ब्राउज गर्न सकिने कम्पनीले बताएको छ । क्यामेराले खिच्ने फोटो गुणस्तरीय हुनुका साथै भिडिओ पनि स्टेबल हुने कम्पनीको दाबी छ । यसमा हुने एआई स्टेरियो डेप्थ म्यापको सहायताले स्तरीय फोटो खिच्न सकिने जनाइएको छ ।

फोनमा ग्यालेक्सी जेड फ्लिप फाइभ मिन्ट, लाभेण्डर र कालो गरी तीन रंगहरूमा उपलब्ध छ । कम्पनीले ८÷२५६ जीबी भेरियन्टको नेपाली बजारमा मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । प्रि–अर्डर गर्दा दुई ओटा गिफ्टहरू २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटीई (३÷३२ जीबी) मध्ये कुनै एक रोज्न सकिनेछ, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि पाँच हजार र सामसङ ए७ लाइट एलटीईको लागि दुई हजार अतिरिक्त तिर्नुपर्ने हुन्छ ।

जेड फोल्ड फाइभमा बाहिरी डिस्प्ले ६.२ इन्चको र भित्री डिस्प्ले ७.६ इन्चको छ । त्यस्तै १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यो फोनमा पनि क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । यसमा कम्पनीले ४४०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । फोनसँगै उपलब्ध हुने एस पेनको सहायताले फोनमा विभिन्न फिचर प्रयोग गर्न सकिन्छ ।

यसमा १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ । त्यस्तै १० मेगापिक्सेलको कभर क्यामेरा र ४ मेगापिक्सेलको अन्डर डिस्प्ले सेल्फी क्यामेरा दिइएको छ । यो फोन १२ जीबी ¥यामसहित २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसअन्तर्गत २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २९ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ ।

यसका साथै ग्यालेक्सी जेड फोल्ड फाइभ (१२ंं÷२५६ जीबी) को प्रि–अर्डरमा ग्राहकले फोन कभरसँगै प्रि मेमोरी अपग्रेड गर्न पाउने वा तीन हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार थपेर ४७ एमएमको ग्यालेक्सी वाच सिक्स क्लासिक प्राप्त गर्न सक्नेछन् । समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा २५ हजारसम्मको लाभ लिनसक्ने कम्पनीको भनाइ छ । साथै ग्राहकरूले यी फोनको स्तरोन्नति गर्न वा किन्न इन्स्टा फाइनान्स सुविधा प्रयोग गर्न सक्नेछन् । जसमा न्यूनतम ईएमआई प्रति महिना सात हजार रुपैयाँका दरले शून्य प्रतिशत ब्याजदरमा शुरु हुनेछ ।

त्यस्तै, ग्राहकहरुले एक वर्षभित्र वन टाइम ब्रेकेज इन्सुरेन्ससँगै एकपटक प्रोटेक्टिभ फिल्मको रिप्लेसमेन्ट पनि पाउन सक्नेछन् । कम्पनीले ७ अगस्टदेखि ३१ अगस्टसम्म प्रिबुकिङ खुलाएको छ ।

ताजा समाचार