भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ।
तस्बिर चन्द्रयान-३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो।
बिहीबार आफ्नो मिसनको अन्तिम चरण सुरु गरेको चन्द्रयान–३ को ल्यान्डर विक्रमले तस्बिर खिचिएको हो ।
पेटमा रोभर बोकेको विक्रम अगस्ट २३ मा दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने भएको छ ।
कालो र सेतो तस्बिरहरूले चन्द्रमाको सतहमा चट्टानहरू र क्रेटरहरूको क्लोज-अपहरू देखाउँछन्। फोटोहरू मध्ये एकले प्रोपल्सन मोड्युल पनि देखाउँछ।
चन्द्रयान–३ र रुसको लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवतर्फ लागेका दुईवटा अन्तरिक्ष यानमध्ये छन् र दुवै अर्को साता अवतरण गर्ने अपेक्षा गरिएको छ ।