जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढेको छ।
बीमालेख धितोमा राख्ने बीमित अघिल्लो आर्थिक बर्षको तुलनामा थप वृद्धि भएको हो ।
अघिल्लो आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ बीमितले बीमालेख धितो कर्जा लिएका बीमितले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ८४ अर्ब ७९ करोड रुपैयाँ बीमालेख धितोकर्जा लिएको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांङ्कले देखाएको छ ।
बीमालेख धितोपत्र कर्जा प्रवाहमा नेपाल लाइफ अग्रस्थामा रहेको छ। कम्पनीको बीमा व्यवसाय पनि उच्च भएको कारण कम्पनीको बीमालेख धितोपत्र कर्जा प्रवाह बढी भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३० अर्ब ४५ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको हो ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २१ अर्ब रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १० अर्ब माथि बीमा पोलिसी धितो राखेर कर्जा प्रवाह गरेको छ ।
हिमालयन लाइफकले ५ अर्ब ७१ करोडरुपैयाँ, एशियन लाइफले ४ अर्ब ७० करोड रुपैयाँ, सूर्यज्योतिले ३ अर्ब ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २ अर्ब ८६ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५५ करोड रुपैयाँ र सानिमा रिलायन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा लगानी गरेका छन् ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड ४३ रुपैयाँ, आइएमई लाइफ ५० करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ,सन नेपाल लाइफले ४६ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा लगानी गरेका छन् ।