काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले शनिबार आपत्तिजनक फेसबुक स्टाटस लेखेका छन् ।
मेयर शाहले भोलिदेखि पनि सरकारले महानगरका कुनै गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ति दिएका छन् ।
‘आजका लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !,’ उनले फेसबुकमा लेखेका छन् ।