९ पुष २०८१, मंगलवार

ट्राफिक प्रहरीले मापसे गरेर बालेनपत्नी सबिनालाई हप्काए – बालेनको सचिवालय [विज्ञप्तिसहित]


काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र शाहपत्नी सबिना काफ्लेलाई ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर हप्काएको जनाएको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै बालेनका स्वकीय सचिव भुपदेव शाहले ट्राफिक प्रहरीले ७ मिनेटसम्म काफ्लेलाई नियन्त्रणमा लिई आफूले चाहे यहीं राखिदिन सक्ने भन्दै धम्की दिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

शनिवार राति करीब ९ बजेको समयमा कोटेश्वरमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो । त्यसपछि बालेनले फेसबुकमा स्ट्याटस लेखेर सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

यसबारेमा सामाजिक सञ्जालमा विभिन्न खालका चर्चा र सञ्चारमाध्यममा विभिन्न खाले प्रतिक्रिया आएपछि बालेन शाहको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति –

ताजा समाचार