‘खल्ती’ले “नाडा अटो शो २०२३“ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन्।
भदाै २६ देखि ३१ गतेसम्म हुन गइरहेको यस एक्स्पो मा बिद्यार्थीले १५० रूपैयाँ र अरुले २०० रूपैयाँ भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।
आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन्।
यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरि खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन्।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , “हामी नाडा अटो शो २०२३ सँग एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै खुशी छौं । हाम्रो डिजिटल टिकटिङ्ग सुविधाले प्रदर्शनी स्थलमा भिंड कम गरि भ्रमणकर्ताहरूलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सफल बनाउने कुरामा हामी बिश्वस्त छौं साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नकालागि २० % क्यास्ब्याक पनि प्रदान गरेका छौं।”