श्रीलंकामा जारी एसिया कपमा नेपाल भारतसँग पराजित भएको छ । डकवर्क लुइस मेथडबाट गणना गर्दा नेपाल दश विकेटले पराजित भएको हो ।
भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए।
वर्षाका कारण प्रभावित खेलमा भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।