४ पुष २०८१, बिहीबार

साइकल चढेर जानेलाई रविको पार्टी कार्यालयमा ‘नो इन्ट्री’?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँमा सोमबार एक साइकल यात्रीले साइकलमा यात्रा गरेरै पार्टी कार्यालय छिरेका कारण प्रवेश पाउन सकेनन् ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले आफूले साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा प्रवेश नपाएको बताए ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ भनेर पालेले भनेपछि आफू घर फर्किएको बताएका छन् ।

‘माननीय डीपी अर्यालले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो, पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ। पालेज्यूले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नुभो,’ उनले भनेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ। भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ स् फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ ।’

 

ताजा समाचार