काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणका १८ जना अभियुक्तलाई रिहा गर्न आदेश दिएको छ ।
आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।