९ पुष २०८१, मंगलवार

कित्ताकाट फुकुवापछि २० प्रतिशतले बढ्यो घरजग्गा कारोबार


सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ ।

वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो ।

पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता जग्गालाई कित्ताकाट गरेर १ लाख २७ हजार बनाइएको भूमी, व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणाले बढी हो । गत वर्ष १४ हजार ९ सय ७७ कित्ता जग्गा २७ हजार कित्ता कायम गरिएको थियो ।

यद्यपी अहिले जग्गाको खास कारोबार हुने समय नभएकाले पनि कित्ताकाट फुकुवाको असर देखिनसकेको विभागले जनाएको छ ।

यसो त सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबार २० प्रतिशतले बढेको विभागले जनाएको छ ।

गत मंसिरमा सरकारले वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था गरेपछि घरजग्गा कारोबारमा कमी आएको थियो ।

साउनयता घरजग्गा कारोबार र कित्ताकाट बढे पनि राजस्वमा प्रभाव भने कमै देखिएको छ ।

यद्यपी कात्तिकपछि कित्ताकाट र कारोबार दुवै बढ्ने व्यवसायीहरुले बताएका छन् ।

ताजा समाचार