४ पुष २०८१, बिहीबार

सरकार र महावीर पुनबीच सहमति, ७ बुँदामा प्रतिबद्धता भएपछि आन्दोलन स्थगित


काठमाडौँ । अनुसन्धानका लागि राज्यलाई दबाब दिनका लागि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सोमबार सहमति भएको छ ।

विभिन्न ११ बुँदे माग राखी शुक्रबारदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख पुन र सरकारबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि एकप्रतिशत रकम छुट्याउने लगायतका सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमबार भएको वार्तापछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिपत्र:

ताजा समाचार