मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १२ गते बाँडफाँट गरिएको हो ।
कम्पनीको हकप्रद सेयरमा ४ हजार ३२८ जना आवेदकले १४ लाख ३९ हजार २२७ कित्ता सेयरका लागि आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री खुला गरेको थियो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १६ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।