४ पुष २०८१, बिहीबार

६ अर्ब बढीको आईपीओ निष्कासन गर्दै जगदम्बा स्टिल्स


जगदम्बा स्टिल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि बिक्री प्रबन्धकमा शिद्धार्थ क्यापिटल रहेको छ ।

आईपीओ निष्कासन गर्न बोर्डमा पुगेको कम्पनी बोर्डले सेयर निष्कासन गर्न अनुमति दिएपछि दसैं तिहार पछि सेयर निष्कासन गर्ने छ । कम्पनीले अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँका दरले सेयर निष्कासन गर्ने भएको छ ।

 

ताजा समाचार