४ पुष २०८१, बिहीबार

सम्पत्तिका आधारमा ग्लोबल आइएमई पहिलो, बाँकी बैंकको अवस्था कस्तो ?


सम्पत्तिको आधारमा सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आईएमई बैंक,  नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छन् । यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि रहेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि रहेको छ । सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५ खर्ब ९१ अर्ब ५० करोड ८८ लाख रुपैयाँ नाघेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको छ । बैंकसँग कुल ५ खर्ब ५ अर्ब ७४ करोड ६१ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको छ ।

त्यस्तै, सम्पत्तिको आधारमा नबिल बैंक दोस्रो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकसंग ४ खर्ब ४३ अर्ब २२ करोड ५५ लाख रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसंग ४ खर्ब ४२ अर्ब २८ करोड ७५ लाख रुपैयाँ कुल सम्पत्ति छ । जुन, गत आवको तेस्रो त्रैमासको तुलनामा २ खर्ब ४ अर्ब ५६ करोड ४५ लाखले बढी हो ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ मध्ये कुन बैंकको वित्तीय अवस्था कस्तो ? 

खुद नाफाको आधारमा नबिल बैंक पहिलो स्थानमा छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिलले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५२ दशमलव ६२ प्रतिशतले धेरै हो । कुल सम्पत्तिको आधारमा पहिलो नम्बरमा रहेको ग्लोबलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कुल सम्पत्तिको आधारमा पहिलो नम्बरमा रहेको ग्लोबलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद ब्याज आम्दानीमा कुन बैंक अघि ? 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म खुद ब्याज आम्दानीको आधारमा पनि नबिल बैंक अघि देखिएको छ । बैंकले गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ८४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । नबिलले ९ महिनामा १२ अर्ब १० करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो ।

यस्तै, ग्लोबल आइएमई बैंकले भने ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  चुक्ता पुँजीको आधारमा ग्लोबल आइएमई बैंक अघि रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ । बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ५० प्रतिशतले वृद्धि भएको हो । चुक्ता पुँजीको आधारमा भने एनआईएमबी दोस्रो नम्वरमा छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ८६ प्रतिशतले वृद्धि गरि ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । मेगा बैंकसंग मर्जभएपछि बैंकको पुँजी वृद्धि भएको हो ।

जगेडा कोष र वितरणयोग्य नाफा नबिलमा 

तीन धनी बैंकहरुको जगेडा कोषमा भने नबिल बैंक बलियो देखिएको छ । बैंकले जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ राखेको छ । दोस्रोमा रहेको ग्लोबल आइएमईको २३ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यी बैंकहरुले क्रमशः ६६ प्रतिशत र ९४ प्रतिशतले वृद्धि भएको हो ।

वितरण योग्य नाफा पनि नबिल बैंककै धेरै छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको यस्तो नाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ बढी छ ।

तेस्रो त्रैमासम्ममा निक्षेप संकलन र कर्जा लगानीको आधारमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको ९६ करोड २६ लाख रुपैयाँ छ । तर, एनआइएमबीको भने ऋणात्मक देखिएको छ । समीक्षा अवधिमा एनआईएमबीको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ९६ लाख रुपैयाँ ऋणात्मक छ । तीन बैंकमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपिएस) नबिल बैंककै देखिएको छ । बैंकको यस्तो आम्दानी २५ रुपैयाँ २१ पैसा छ । यस्तै, ग्लोबल आइएमई बैंकको १७ रुपैयाँ र एनआईएमबीको १५ रुपैयाँ २० पैसा रहेको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा ग्लोबल आइएमई अगाडि, खराब कर्जा कुनको कति ?

तेस्रो त्रैमासम्ममा निक्षेप संकलन र कर्जा लगानीको आधारमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ । समीक्षा अवधिमा बैंकले ४ खर्ब ९ अर्ब ८८ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६२ अर्ब ८ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, नबिलले भने ३ खर्ब ६३ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ३ खर्ब २३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने एनआइएमबिले भने ३ खर्ब ५० अर्ब १९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ११ अर्ब २४ करोड ८६ लाख रुपैयाँ कर्जाक लगानी गरेको छ ।

 

ताजा समाचार