काठमाडौँ । नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ ।
यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४१ लाख रुपैयाँभन्दा बढी हुनेछ ।