९ पुष २०८१, मंगलवार

बालकुमारी घटना: राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्री, महानिरीक्षक र मन्त्रीले केके जवाफ दिए?


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारीमा घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भएको बाटोमा मन्त्रीको यात्रा लापरबाहीका कारण भएको बताएका हुन् ।

‘पीएसओले नजाऔँ भन्दाभन्दै, त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु यो जबरजस्ती हो, चरम लापरबाही हो, हेपेको हो,’ उनले भने, ‘सामान्य व्यक्तिले गर्ने लापरबाहीले कत्रो मूल्य चुकाउनु पर्छ, त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायसँग सवालजवाफ गरेको छ । सोमबार समितिले सवाल जवाफ गरेको हो ।

गृहमन्त्री श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घेराबन्दीमा परेको रिपोटिङ्गपछि गोली चल्ने अवस्था बनेको बताएका छन् । मन्त्री ज्वालाको उपस्थिति नै घटनाको मुख्य कारक बनेको उनको भनाई छ ।

“पीएसओले बाटो चेक गर्छ, कन्ट्रोल रुमबाट भएको कुरा पनि वाकिटकीमा सुनिरहेको हुन्छ, मन्त्री आर्मीको सेक्युरिटी गार्ड र पीएसओ लिएर जानुभएको छ, त्यसले यो घटनालाई अर्को मोडतिर जानका लागि क्याटलिस्ट ९उत्प्रेरक०को भूमिका खेलेको छ”, गृहमन्त्रीले घटनाले ब्रिफिङ्ग गर्दै भनेका छन् ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि मन्त्री जानु नै घटना घट्नुको मुख्य कारण भएको बताएका छन् । “मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो, त्यो गाडी त्यहाँ नआएको भए त्यो घटना हुने थिएन”, उनले भनेका छन्, “उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ, प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो।”

 

ताजा समाचार