२ पुष २०८१, मंगलवार

नेप्से हरियो र रातो हुने क्रम जारी, नौ उपसमूहको सेयर मूल्यमा गिरावट भारी


नेप्से परिसूचकमा ओरालो यात्रा जारी

शेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बुधबार ओरालो लागेको छ ।

आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । सो कम्पनीको रु ३३ करोड ४५ लाख १५ हजार छ सय ४५ बराबरको सेयर कारोबार भयो ।

यस्तै शिवम् सिमेन्ट रु १९ करोड ४८ लाख २६ हजार छ सय ८८, माउण्टेन इनर्जी रु १८ करोड ६४ लाख ८५ हजार चार सय ७३, एनआरएन इन्फास्ट्रचर रु १६ करोड २९ लाख ३८ हजार चार सय ४४ र युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर रु १५ करोड ६९ लाख तीन हजार नौ सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो नेपाल बेयर हाउस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

 

ताजा समाचार