८ पुष २०८१, सोमबार

मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब


गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब ४५ करोेड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म प्रतिव्यक्ति ऋण हिस्सा ८१ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ ।

यद्यपि, यो ऋण सरकारले लिएको हुँदा सर्वसाधारणको टाउकामा भने ऋणको भार पर्दैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले तिर्न बाँकी २३ खर्ब ८४ अर्बमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण हो भने बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ ऋण रहेको छ ।

ताजा समाचार