१ पुष २०८१, सोमबार

२५ पद रिक्त, उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरु गर्यो गृहकार्य


काठमाडौँ । उपनिर्वाचन गराउनका लागि निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ ।

निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेको छन्।

प्रमुख आयुक्त थपलियाले आयोगको हालसम्मको तयारीबारे उपप्रधानमन्त्री खड्कालाई ब्रिफिङ गर्दै उपनिर्वाचनको वातावरण बनाउन आग्रह गरेको बताइएको छ।

प्रतिनिधिसभामा इलाम क्षेत्र नम्बर–२ रिक्त छ। जहाँबाट निर्वाचित नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो।

प्रदेशसभा तर्फ सुदूरपश्चिम प्रदेश बझाङको प्रदेश निर्वाचन क्षेत्र नम्बर–१ रिक्त छ। त्यहाँबाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो।

 

ताजा समाचार