लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेको बताइएको छ ।
बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा शहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो ।
तर अहिले त्यो अवस्था छैन । कुनै समय हाउसफुल हुने सिनेमा हाल अहिले बन्द हुने अवस्थामा पुगेको छ ।
हल बन्द गर्नुपर्दा दैनिक रु पाँच हजार घाटा हुने गरेको छ ।