४ पुष २०८१, बिहीबार

क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’


काठमाडौँ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‍‍‍‍‍नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए । यस क्रममा उनले १२ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, तेस्रो विकेटमा ब्याटिङ गर्न गएका सार्कीले पनि शतकीय पारी खेले । उनले १२९ बल खेल्दै १०१ रन बनाए । उनले ११ चौका र एक छक्का प्रहार गरे ।।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो ।

 

ताजा समाचार