नयाँ सत्ता समीकरण बन्ने भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठबाट काँग्रेसका मन्त्रीहरु झण्डा छोपेर गाडीमा बाहिर निस्किएका छन् ।
बैठकमा पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू पनि सहभागी छन्।
तीमध्ये उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत निस्किएका छन्।नयाँ बूढानिलकण्ठबाट निस्कँदा गाडीमा रहेको राष्ट्रिय झन्डा छोपेर निस्केका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य छाड्दै नेकपा एमालेसहित दलहरूसँग नयाँ समीकरण बनाएका छन्।