नेपाली काँग्रेसले गरेको निरन्तर संसद अवरोधलाई गम्भीर रुपमा लिएर शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् ।
समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सत्तारुढ नेकपा (एमाले)लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यही विषयमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठक भएको छ ।
रविले भनेका थिए, गगनजीलाई चुनौती दिन चाहन्छु । मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । प्रमाण दिन सक्नु भने उहाँले राजनीति छोड्नु पर्ने हुन्छ । यो स्वीकार गर्न तयार हो ? संसदीय समिति त सामान्य कुरा हो, बनाए हुन्छ ।
त्यस्तै गगनले पत्रकारहरुमार्फत भनेका छन्, संसदीय समितिमा आउनुस्। तथ्य पुष्टि नभए राजनीति छोड्न तयार छु। संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ। त्यहीँबाट पुष्टि गरे भइहाल्छ। कहिले महान्यायाधिवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन।
सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि एउटै व्यक्ति हुन् कि होइनन् ? जाँच्ने क्षमता नेपाल प्रहरीले छैन भन्छ भने संसदीय समिति बनाएर खोज्नु पर्यो कि परेन? हामीले नखोजे कस्ले खोज्ने ?
नेपाली कांग्रेसका ठुलै नेता गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अहिले बाझाबाझको स्थितिमा पुगेका छन् । सहकारी प्रकरणलाई लिएर कांग्रेसले विरोध जनाएको छ भने रवीले त्यसलाई प्रमाणित गर्न चुनौती दिइरहेका छन् ।
उनीहरुबीच बाझाबाझाको स्थिति रहेको छ यता ओली र प्रचण्ड भने अर्कै रौनकमा रहेका छन् । उनीहरुबीच संसद अवरोधबारे निरन्तर संवाद भइराखेको बुझिएको छ ।