कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको अफिस थापाथली पुगेको छ ।
दोहोरो नागरिकताको विषय उठेपछि उनीमाथि छानबीन गर्ने तयारी भएको हो ।
एसएसपी सानुरामको नेतृत्वमा उनलाई पक्राउ गर्न टोली अफिसभित्रै पसेको हो ।
जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो ।
उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ । पुर्जी दिइसकेपछि उनलाई अब कान्तिपुरको कार्यालयबाट निकालिँदै छ ।
उनले यो विषयमा सर्वोच्च गइसकेका छन् ।
उनले निवेदनमागृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन लिएर उनी आफैं सर्वोच्च अदालत पुगेका थिए । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन