८ पुष २०८१, सोमबार

आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत, मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य


आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको बताए ।

त्यस्तै मूल्यवृद्धि ५।५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ ।
सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ का लागि उक्त आकारको बजेट पेश गरेका हुन् ।

यो चालु आवको तुलनामा ६।२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१।५६ प्रतिशत धेरै हो । गत वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।

ताजा समाचार