२ पुष २०८१, मंगलवार

सुशासनमा प्रचण्ड र रेखा शर्माको सार: आफू अनुकुलको मान्छे भर्ना गर्ने आधार


नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संचारमंत्री रेखा शर्माको सहजताको मान्छेलाई नियुक्ति दिन खोजिएपछि मापदण्ड फेरिएको हो

जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो । उम्मेदवारको योग्यतामा उमेरको हद बढाइएको छ । दरखास्त दिन ५८ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । यसअघि उमेरको हद ५६ वर्ष थियो ।

त्यस्तै व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने प्रावधान पनि हटाइएको छ । सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ विधा राखिए पनि इलेक्ट्रिकल भने मापदण्डमा राखिएको छैन ।

प्रबन्ध निर्देशकका लागि प्रतिस्पर्धा खुला हुने भनिएतापनि प्रचण्ड र मंत्री रेखा शर्माको इच्छाले गर्दा यो भनाइमा मात्र सिमित हुने पक्का देखिएको छ । आफ्नो मान्छेलाई नियुक्त गर्नका लागि मापदण्ड नै संशोधन गरिदिने सरकारको यो ताण्डबलाई सबैले नियालेर हेरिरहेकै छन् ।

गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पक्राउ परेपछि गत माघदेखि नै टेलिकममा प्रबन्ध निर्देशकको पद खाली रहेको छ ।

 

 

ताजा समाचार