पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ ।
माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको हो ।
शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई कारबाही गरिएको सम्बन्धी माओवादी संसदीय दलको पत्र पढेर सुनाएका थिए ।
देवकोटाले जेठ २८ मा माओवादी केन्द्र संसदीय दलको ह्विप विपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।