काठमाण्डौं । नेपालको अग्रणी कम्पनी सुजल फुड्सले बजारमा आफ्नो नयाँ उत्पादन डिलाइट डेरी व्हाइट्नर पाउडर दूध बजारमा ल्याएको छ।
देशको विभिन्न ठाउँबाट संकलित दूधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी डिलाइट डेरी व्हाइट्नरु तयार पारिएकाले यो शतप्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ।
अन्य पाउडर दूधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधिले समान मिश्रण कायम गरी मनतातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ।
आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।