काठमाण्डौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नौं महिनाको अवधीमा १३ वटा निजी क्षेत्रका डेरीविरुद्ध मुद्दा दायर गरेको छ । निजी क्षेत्रको उद्योगबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ गुणस्तरहिन अवस्थामा फेला परेको जनाएको छ । मानव स्वास्थ्यलाई ठूलो हानी पु¥याउने गरि दूध तथा दुग्धजन्य पदार्थ उत्पादन भइरहेकोले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
मुद्दा दायर भएको १२ डेरीको दूध तथा दुग्धजन्य पदार्थ दूषित र न्युन गुणस्तरको रहेको छ । विभागले न्यून गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेको कसुरमा नौ महिनामा ६४ कम्पनीविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर मध्ये सबै भन्दा धेरै दूध तथा दूग्धजन्य पदार्थसँग सम्बन्धित छ ।