शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको तथ्यांकले देखाएको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा पुगेको छ ।
आज नागरिक लगानी कोषको कारोबार उच्च भएको छ । कम्पनीको रु पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भएको छ ।