स्वतन्त्र रुपमा चुनाव लडेर काठमाडौँ महानगरको जिम्मेवारी हात पारेका बालेन्द्र शाहले निर्वाचित नेताहरुलाई भ्रष्टाचार गरेको अभियोगमा बागमतीमा चोपल्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
सामाजीक संजालमा पटकपटक विवादास्पद अभिव्यक्ति दिइराख्ने बालेन्द्रले शनिबार त झनै नेताहरुलाई बागमतीमा लैजानुपर्ने अभिव्यक्तिसमेत दिन पछि हटेनन् ।
मेयर साहले देशव्यापी रुपमा भ्रष्टाचारविरुद्ध गरिएको सडक प्रदर्शनलाई नाटकको संज्ञा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई संकेत गर्दै शाहले यस्तो बोलेका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्धको ‘फाइल’ खोल्न सुरु गरे पनि कार्वाही हुने कुरामा आशंका व्यक्त गरेका छन् । ‘यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउदिन म चही ।’, उनले लेखेका छन्, ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्वाही गर्नलाई हो । सिधै कार्वाही गर्ने नीति बनाउनलाई हो ।’ उनले भनेका छन् ।
‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ? सिधै लगेर बागमतीमा चोपल्नुस् ।’– उनले लेखेका छन् ।