नेपाल राष्ट्र बैंकले भोलि ) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको छ ।
बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको जनाएको छ ।
२८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी हुने बताइएको छ ।
बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।