४ पुष २०८१, बिहीबार

जेठ ५ मा नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने सरकारको तयारी


काठमाडौँ । सरकारले यही जेष्ठ ५ गते आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।

बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो ।

प्रचण्डले संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको बताएका थिए ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि बजेट पनि यही जेष्ठ १५ गते ल्याउनुपर्ने हुन्छ । यसका लागि पनि अर्थ मन्त्रालयमा छलफल तथा कार्यक्रमहरुको तयारी भइरहेको छ ।

 

ताजा समाचार