देशकै सबैभन्दा ठुलो पालिका काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विगतकै अनुपातमा बजेट ल्याउने तयारी गरेको छ ।
कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
महानगरले आगामी वर्ष बन्ने नीति कार्यक्रम र बजेटमा टोलस्तरीय भेलादेखि अनलाइनबाट पनि सुझाव सङ्कलन संयन्त्र परिचालन गरेको छ । महानगरले बनाउने योजनामा २३ वटा शीर्षकमा सुझाव पठाउन सकिनेछ । उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिनेछ । सुझावहरु ९ गतेभित्रमा पठाउनुपर्ने पनि महानगरले जनाएको छ ।
काठमाडौँ महानगरले झन्डै साढे २५ अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।