८ पुष २०८१, सोमबार

मेटालाई किन गरियो १ अर्ब ३० करोड डलर जरिवाना?


युरोप र अमेरिकाबीचमा मानिसहरूको डेटा ट्रान्सफर गर्दा गलत प्रयोग गरेकामा फेसबुकको मालिक मेटालाई १ अर्ब ३० करोड डलर बराबर जरिवाना गरिएको छ ।

आयरल्यान्डको डेटा संरक्षण आयोग (डिपिटी) द्वारा जारी सूचनामा युरोपियन युनियन (इयू) को सामान्य डेटा संरक्षण नियमन गोपनीयता कानुनअन्तर्गत यो जरिवाना गरिएको बीबीसीले जनाएको छ ।

युरोपेली आयोगले तयार पारेका यी कानुनी सम्झौताले युरोपबाहिर डेटा स्थानान्तरण गर्दा व्यक्तिगत डेटा सुरक्षित गर्ने कुरा सुनिश्चित गर्छ ।

फेसबुकका अध्यक्ष निक क्लेगल भन्छन्, ‘यस कारण हामी युरोपमा सेवा प्रदान गर्न इच्छुक हजारौं कम्पनीले झैं समान कानुनी संयन्त्रको प्रयोग गरिरहँदा एक्लो भएका छौं । यो एक्लाइले दुःखी बनाएको छ ।’

ताजा समाचार