४ पुष २०८१, बिहीबार

वैदेशिक रोजगारीका लागि इराकसहित एकैपटक ७१ देश खोल्ने सरकारको तयारी


नेपाल सरकारले इराकसहित दौत्य सम्बन्ध भएका सबै देशहरूमा वैदेशिक रोजगारीका लागि जान अनुमति दिने गरी कामकारवाही अगाडि बढाएको जनाएको छ ।

आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ देशमा नेपालीहरु रोजगारीमा जान पाउने बताए । योसँगै वैदेशिक रोजगारीका लागि १७० भन्दा बढी देश खुला हुनेछन् ।

सचिव अर्यालले इराममा समेत विगतको जस्तो अवस्था नभएको भन्दै वैदेशिक रोजगारीका लागि नेपालीहरूलाई खुला गर्न सकिनेसमेत बताए ।

उनले भने, ‘मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ, किन बन्द गरिरहने ? हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्यांकन गर्नुपर्यो ।’

अहिले अफगानिस्तान, लिबिया र इराकलाई वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ । आन्तरिक गृहयुद्धमा फसेका यी देशहरुमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार छ ।

सरकारी घोषणाअनुसार वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइन देशमा रुपमा सूचीकृत हुनेछन् ।

 

ताजा समाचार