९ पुष २०८१, मंगलवार

वस्तु विनिमय बजारको विकास बोर्डको भावी प्राथमिकता : अध्यक्ष हमाल


नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले वस्तु विनिमय बजारको विकास र बिस्तार बोर्डको भावी प्राथमिकतामा रहेको बताएका छन् ।

धितोपत्र बोर्ड स्थापनाकालको ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा उनले एक वक्तव्य जारी गर्दै बोर्डले हालसम्म गरेका कामहरू र भावी रणनीतिको बारेमा जानकारी दिएका हुन् ।

समीक्षा वर्षमा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षण व्यवस्था गरिएकोमा यसका बहुआयामिक तथा सकारात्मक प्रभावहरू देखिन थालेको उनको भनाइ छ ।

‘पुँजी बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाइ धितोपत्र बजार, वस्तु विनिमय बजार तथा धितोपत्र व्यवसायीलाई अनुमति पत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढेका छन्,’ वक्तव्यमा उनले भनेका छन्, ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने प्रकृयामा संख्या तोक्ने पद्धति हटाई पहिलोपटक तोकिएको मापदण्ड पुरा गरेको संस्थाहरूलाई निश्चित समयावधि भित्र खुला प्रणाली मार्फत कार्यका आधारमा वर्गीकरण गरी अनुमतिपत्र प्रदान गरिएको छ ।’

उनको वक्तव्य – 

 

ताजा समाचार