असार २ गते अवकाश पाउन लागेका सरकारका बरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणले मुख्यसचिवमा नियुक्त गरेका छन् ।
यही असार तीन गतेदेखि बरिष्ठ सचिवबाट अनिवार्य अवकाशमा जान लागेका अर्याललाई प्रचण्डले मुख्यसचिवमा नियुक्त गरेका हुन् ।
उनी हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन्।
यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।
अहिले मुख्यसचिव रहेका वैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिएर नियुक्ति दिने तयारी भइरहेको बताइएको छ ।