४ पुष २०८१, बिहीबार

घोराही सिमेन्टको आइपिओमा २० लाख फर्जी आवेदन, निष्कासन प्रक्रिया स्थगित गर्न बोर्डको निर्देशन


ipo

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आवेदनमा शंका लागेपछि प्रक्रिया स्थगित गरिएको हो ।

कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ ।

बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेका हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई पत्र पठाउँदै आइपिओ निष्कासन प्रक्रिया रोक्न आदेश दिएको हो ।

“घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरीत भए÷नभएको बारेको केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न जेठ ३० मा पत्राचार भएकामा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधार बिना म्याद थपका लागि अनुरोध गर्दै आएको छ”, बोर्डको पत्रमा भनिएको छ ।

घोराही सिमेन्टको आइपिओमा एक करोड २० लाख कित्ता शेयरका लागि फर्जी आवेदन परेका छन् । बैंक खातामा न्यून रकम राखेर तर ठूलो सङ्ख्यामा आइपिओका लागि आवेदन परेको हो ।

ताजा समाचार