प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो ।
भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जसपाले सोमवार मोर्चाको घोषणा गरेका थिए ।