१ पुष २०८१, सोमबार

इन्जिनियरले गलत कमाण्ड दिएपछि भोयजर २ सँग नासाको सम्बन्ध बिच्छेद


अर्बौं माइल टाढा अन्तरिक्ष यानसँग सम्पर्क गुमाएपछि अमेरिकास्थित नासाले भोयजर २ बाट कुनै पनि आवाज सुनिरहेको छैन ।

गहिरो अन्तरिक्षमा पुगेको भोयजर २ लाई गतहप्ता नासाका उडान नियन्त्रकहरूले गलत आदेश दिएका थिए । उक्त आदेशका कारण भोयजरको एन्टेना पृथ्वीबाट टाढा झुक्यो । २ प्रतिशतले मात्रा टाढा झुकेको एन्टिनाका कारण भोयजरको पृथ्वीसँगको संचार कटौती भएको हो ।

गत सोमवार नासाले भनेको थियो, ‘क्यानबेरा, अस्ट्रेलियामा रहेको यसको विशाल डिश एन्टेना हाल १२ अर्ब माइल (१९ अर्ब किलोमिटर) टाढा रहेको भोयाजर २ बाट संकेतहरूको खोजीमा छ । धेरै टाढाबाट पृथ्वीमा सिग्नल पुग्न १८ घण्टाभन्दा बढी समय लाग्छ ।‘

भोयजर मिसन व्यवस्थापन गर्ने नासाको जेट प्रोपल्सन प्रयोगशालाका अनुसार आउँदो हप्ता नासाको डीप स्पेस नेटवर्कले भोयजरलाई सम्पर्कमा ल्याउन पुनः प्रयास गरिनेछ ।

अन्यथा, नासाले भोयजरको प्रणाली रिसेटको लागि अक्टोबरसम्म कुर्नुपर्नेछ जसले सञ्चार पुनर्स्थापित गर्नेछ ।

भोयजर २ सन् १९७७ मा सौर्य मण्डल भन्दा बाहिरी ग्रहहरूको अन्वेषण गर्न प्रक्षेपण गरिएको थियो ।

 

ताजा समाचार