काठमाडौं – ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र कुमारी बैंक लिमिटेडबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहजरुपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
दुई पक्षबीच क्रेडिट कार्ड मार्फत् शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म डाउन पेमेन्ट बिना नै कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
जस अन्तर्गत कुनै पनि ग्राहकले कुमारी बैंक वा एफडी मोर्टर्सका शोरुममा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् ।
यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रिमरुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।
एफडी मोर्टर्सले हाल दुईओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य दुई लाख ६१ हजार नौ सय ९९ र एफ फाइभ ए को मूल्य दुई लाख ९७ हजार नौ सय ९९ रहेको छ ।