७ पुष २०८१, आईतवार

कमलादीमा प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर सञ्चालनमा


काठमाडौं – सामसङले काठमाडौंको कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुमपार्कले गरेका हुन् ।

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो । उक्त स्टोरमा सामसङका सम्पूर्ण इकोसिस्टमलाई प्रदर्शित गरिनेछ । जसले गर्दा उपभोक्ताहरुले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरिदको निर्णय गर्न सहज हुने कम्पनीले विश्वास गरेको छ ।

यस स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने कम्पनीले जनाएको छ । ग्राहकले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु त्यससँग आबद्ध इकोसिस्टम जस्तै ः ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्ट वाच, ट्याब्लेट, सामसङ मोनिटर, सामसङ उपकरण र सामसङ टेलिभिजन समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुची राख्ने युवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा ग्राहकहरुले आफ्नो रोजाइअनुसारका सामानहरु सजिलै खरिद गर्न सक्नेछन । स्टोरमा आउने ग्राहकले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन । सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शून्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ सुविधा हो ।

यसले ग्राहकलाई सहज कर्जा सुविधा प्रदान गर्छ, जसले गर्दा ग्राहकले सजिलोसँग सामसङका सामानहरु खरिद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।

ताजा समाचार