काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएकाे निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा नौ रूपैयाँ तथा डिजेल र मट्टितेलमा सात रूपैयाँ मूल्य बढेकाे छ । भारतबाट मूल्य बढेर आएका कारण नेपालमा पनि बढाइएको निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार छ सय ६० रूपैयाँमा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ ।