१२ पुष २०८१, शुक्रबार

सेयर बजारमा उत्साह, बढे अधिकांश कम्पनीका मूल्य


काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बजार बढ्दै २०६०.९१ को बिन्दुमा उक्लिएको छ ।

आइतबारदेखि नै सेयर बजार ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो । मंगलबार मात्रै २८.४० अंकले बजारमा गिरावट आएको थियो ।

बुधबार बजारसँगै सबै सूचांकहरुमा पनि हरियाली छाएको छ । सेन्सेटिभ इन्डेक्स ७.४८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२५ अंकले बढेको छ ।

बुधबार यसअघिको दिनमा भन्दा कारोबार रकम पनि केही बढेको छ । ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भयो ।

बुधबार सबैभन्दा बढी आइएमई लाइफ, शिवम् सिमेन्ट, नेपाल रिपब्लीका मिडिया, हिमालयन लाइफ लिमिटेडलगायको कारोबार उच्च रह्यो ।

१३ उपसमूहमध्ये म्यूचयुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेका छन् । बुधबार व्यापार उपसमूहको परिसूचकमा सर्वाधिक ३.६२ प्रतिशतले बृद्धि भएको छ भने वित्त, होटल तथा पर्यटन, जीवन बीमा उपसमूहको परिसूचकमा ३ प्रतिशभन्दा बढीले बढेको छ । यस्तै, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।

ताजा समाचार