१२ पुष २०८१, शुक्रबार

तस्करीबाट बरामत सुन गाल्दा ६० किलो ७१६ ग्राम


काठमाडौं । तस्करीबाट बरामत गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । चिनियाँ तस्करीले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामत गरिएको सुन गालिएपछि ६० किलो ७१६ ग्राम कायम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो । टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको थियो ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ मा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

तर, सुनलाई गालेर तोलँदा तौल झण्डै सय केजीले घटेको हो । गालेपछि सुनका ३४ बिस्कुट बनेको महाशाखाले जनाएको छ । सुनको गुणस्तरबारे भने यकिन नभइसकेको जनाइएको छ ।

ताजा समाचार